काठमाडौं महानगरपालिकाले दसैँ अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । डेंगु महामारीकै रुपमा फैलिरहेका बेला दसैँ अवधिमा महानगरले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।
महानगरका मेयर बालेन साहका अनुसार डेंगुबारे जानकारी लिने र बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ । डेंगुबारे जानकारी लिनका लागि महानगरपालिकाले हटलाइन सेवा दिनेछ । जसका लागि ११८० मा फोन गरेर सेवा लिन सकिनेछ ।
एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सकिने मेयर साहले जानकारी गराएका छन् । साथै दशैं अवधिमा महानगरमा ५५८ स्वयम्सेवक खटाइनेछ । उनीहरूले सिटामोल र जीवनजल वितरण गर्नेछन् ।
कमेन्ट गर्नुहोस्