सिभिल बैंकको १०२औँ एटीएम चितवनको सौराहामा

Share:

‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले चितवनको सौराहा चोकमा आफ्नो १०२औँ एटिएम सञ्चालनमा ल्याएको छ । उक्त एटीएमको उद्घाटन रत्ननगर नगरपालिका वडा नं ६का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईले संयुक्त रूपमा गरे ।

उक्त एटीएमको उद्घाटन समारोहमा प्रमुख अतिथि रत्ननगर नगरपालिकाका वडा नं ६ का अध्यक्ष किरण महतो र होटेल व्यसायी संघ सौराहाका अध्यक्ष दीपकप्रसाद भट्टराईलगायत सो क्षेत्रका उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्तिहरू तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।  अब त्यस क्षेत्रका सेवाग्राहीले बैंकको उक्त एटीएममार्फत आफूलाई आवश्यक पैसा सहज तरिकाले झिक्न सक्नेछन् ।

करिव आठ लाख ग्राहकहरूलाई ११५ शाखा र १३ एक्सटेन्सन काउन्टरमार्पmत सेवा प्रदान गरिरहेको सिभिल  बैंकको हालसम्म यस एटीएमसहित देशका विभिन्न १०२ ठाउँमा एटीएम स्थापना गरी सञ्चालन ल्याएको छ ।

साथै बैंकले गत असार मसान्तसम्म रु. ९६ अर्बभन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

कमेन्ट गर्नुहोस्