
सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश नबाँड्ने घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले कम्पनीको वित्तिय विवरण अनुसार आ.व. २०७७/०७८ मा वितरण योग्य मुनाफा रहेको भएता पनि सो मुनाफाबाट लाभांश वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय गरेको हो।
सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धी प्रारम्भिक सम्झौता भई मर्जर प्रक्रिया अगाडी बढीरहेको हुँदा लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2021/12/Surya_LifeIns-1024×617.jpg 1024w, 






