
निरन्तर ओरालो लागिरहेको सेयर बजारमा आज (मंगलबार) भने दोहोरो अंकको वृद्धि देखिएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १५.९२ अंकले बढेर १८३१.०५ बिन्दुमा उक्लिएको छ ।
त्यस्तै, ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ २.५४ अंकले बढेर ३५८.१४ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर खरिदबिक्री हुँदा ६६ करोड ३० लाख १३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज होटल एण्ड पर्यटन र म्युचुअल फण्ड बाहेक अन्य सबै समूहको सेयर मूल्य बढेको छ ।
नेप्से दोहोरो अंकले वृद्धि हुँदा १५२ कम्पनीको सेयरमूल्य बढेको छ भने २७ कम्पनीको सेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको सेयर कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका हुन् । अ
आज सबैभन्दा धेरै गरिमा डिवेञ्चर २०८५ इकाईधनीले गुमाएका छन् । कम्पनीका डिवेञ्चर इकाईधनीले १० प्रशिततका दरले गुमाएका हुन् ।








