दोर्दीमा जलविद्युत आयोजना बनेसँगै सयौँले पाए रोजगारी

211
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/components-of-hydropower-plant-900×564-1-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/components-of-hydropower-plant-900×564-1.jpg 900w” sizes=”(max-width: 479px) 100vw, 479px” />

दोर्दी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रमसँगै यस क्षेत्रका अधिकांश युवाले रोजगारी पाएका छन् । सीप भएका र सीप नभएका दुवैथरीका युवाहरू यी आयोजनामा रोजगार छन् । आफ्नै दैलोमा रोजगारी पाउने भएपछि खाडीलगायतका धेरै मुलुकमा गएका युवाहरू गाउँ फर्किएका छन् ।

सुपरदोर्दी ‘ख’ ले निर्माण गरेको ५४ मेगावाट क्षमताको आयोजनाले प्रभावित क्षेत्रका ६० जनाभन्दा बढीलाई रोजगारी दिएको छ । २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका ५० जना स्थानीयलाई रोजगारी दिएको छ ।

यस्तै, २७ मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजनाले सयजनालाई रोजगारी दिएको दोर्दी खोला जलविद्युत् आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकाल बताउँछन् । दोर्दी खोलामा निर्माणको अन्तिम चरणमा रहेको १२.५ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजनो पनि सयौँ स्थानीयलाई रोजगारी दिएको छ ।

कमेन्ट गर्नुहोस्