आईपीओ निष्काशनको अनुमति माग्दै थप तीन कम्पनीले दिए बोर्डमा आवेदन

191
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/Ipo-1-2-768×480.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/Ipo-1-2.jpg 960w” sizes=”(max-width: 480px) 100vw, 480px” />

थप ३ वटा कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड र मेन्छियाम हाइड्रोपावर पावरले आईपिओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । बोर्डबाट अनुमति पाएपछि यी कम्पनीले आइपिओ निष्काशन गर्नेछन् ।

मोदी इनर्जी लिमिटेड

मोदी इनर्जीले १०० अंकित दरका कुल ७२ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्नेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड

सेबोनले अनुमति दिएमा सोनापुर मिनिरल्सले १०० रुपैयाँ अंकित दरका कुल १ करोड २३ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले आसोज ४ गते बोर्डमा आवेदन दिएको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

मेन्छियाम हाइड्रोपावर

मेन्छियाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

कमेन्ट गर्नुहोस्