कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति ?

298
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-166418397130859828612877914686614645948860821089238111n-768×507.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-166418397130859828612877914686614645948860821089238111n.jpg 823w” sizes=”(max-width: 455px) 100vw, 455px” />

कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच कुमारी बैंक र एनसीसी बैंकबीच मर्जरमा जाने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ।

दुवै बैंकबीच १:१ सेयर स्वाप अनुपातमा मर्जरमा जाने सम्झौता भएको छ। मर्जरपछि बैंकको नाम कुमारी बैंक लिमिटेड रहने समझदारी बनेको छ। मर्जरपछि बैंकको सीईओ रमेशराज अर्याल हुनेछन्। उनी हाल एनसीसी बैंकका सीईओ छन्।

एभरेष्ट बैंकसंग मर्जर हुने हल्ला भए पनि कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्शियल बैंकसँग मर्जरमा जाने सम्झौता गरेको हो ।

कमेन्ट गर्नुहोस्