डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुग्‍यो, एकैदिन थपिए १०५१ डेंगुका बिरामी

Share:
arthasanjal.com/wp-content/uploads/2022/09/dengue-1024×512.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/dengue-768×384.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/dengue-1536×768.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/dengue-2048×1024.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />

पछिल्लो समय नेपालमा डेंगुको संक्रमण तिब्र गतिमा फैलिएको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । पछिल्लो २४ घण्टामा डेंगुका एक हजार ५१ जना बिरामी थपिएका छन् ।

सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

डेंगु संक्रमणका कारण अहिलेसम्म ३२ जनाको मृत्यु भइसकेको छ । सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

कमेन्ट गर्नुहोस्