बोटलर्स नेपाल बालाजु र तराईको लाभांश घोषणा, कसकाे कति ?

151
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/dividends_10_31_2018_11_47_02.jpg 640w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल, बालाजु र बोटलर्स नेपाल, तराईले आर्थिक वर्ष २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । दुवै कम्पनीको बिहीवार बसेको सञ्चालक समिति बैठकले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

बोटलर्स नेपाल लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति सेयर २० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै बोटलर्स नेपाल तराई लिमिटेडको असोज ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट प्रति सेयर ६० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

कमेन्ट गर्नुहोस्