
अमेरिकी डलरको मूल्य हालसम्म महंगो भएको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्यले आइतबार फेरि बढेर नयाँ उचाइ कायम गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।
बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो । आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ ।
अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ (फेड) ले ब्याजदर बढाउँदा अमेरिकी डलर बलियो बनेको हो । अगामी दिनमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताहरुको भनाइ छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/dolar-768×457.webp 768w, 





