बैङ्क तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक : अर्थमन्त्री शर्मा

154
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/janardan-sharma-768×426.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/janardan-sharma.jpg 800w” sizes=”(max-width: 500px) 100vw, 500px” />

अर्थमन्त्री जनार्दन शर्माले  सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताएका छन् ।  मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

उनले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको समेत बताए। मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने भन्दै सरकारको चालु आर्थिक वर्षमा ३० प्रतिशत आयात कम गर्ने मूल उद्देश्य रहेको दावी समेत गरे । उनले तरलता चाप समस्या समाधानको लागि राष्ट्र बैङ्कको नेतृत्वमा अर्थमन्त्रालय र बैङ्क तथा वित्तीय संस्थासँग वृहत् छलफल गरेर समाधान खोज्ने बताए ।

मन्त्री शर्माले नेपाली उत्पादन बढाएर विदेशमा निर्यात बढाउनको लागि बैङ्क तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक भएको भन्दै उत्पादनमूलक उद्योगमा दिने १ करोडसम्मको कर्जाको सीमा बढाउनुपर्ने बताए।

मन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानीको अभावका कारण धराशायी हुने अवस्था आएकोले उद्योगलाई सरकारले संरक्षण गर्ने भन्दै औद्योगिक क्षेत्रलाई सरकारले बचाउन नसके देशको आर्थिक विकास र समृद्धि सम्भव नभएको जिकिर गरे ।

उत्पादनशील क्षेत्रमा कर्जाको प्रिमियम संशोधन गर्नुपर्ने बताउदै उनले प्रिमियम २ प्रतिशत पनि बढी भएकोले कम गर्न राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको ध्यानाकर्षण गराए ।

साना किसान र ग्रामीण अर्थतन्त्रको विकास गर्न नसके मुलुक आर्थिक समृद्धिको बाटोमा जान नसक्ने बताउदै उनले मुलुकको आर्थिक समृद्धिको लागि ग्रामीण अर्थतन्त्रमा जोड दिन आवश्यक रहेको बताए । उनले कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्ने भन्दै साना किसान र ग्रामीण अर्थतन्त्र सबल बनाउनको लागि अहिले बैङ्क तथा वित्तीय संस्थाको कर्जा नीति परिवर्तन गर्न आवश्यक रहेको धारणा ब्यक्त गरे ।

कमेन्ट गर्नुहोस्