माछापुच्छ्रे बैंकका ग्राहकलाई इएमआई सुविधामा टिभि तथा इन्टरनेट प्याकेज

332
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/36ce2627a3a64db0d5a05e37cd148d121663067458-768×512.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/36ce2627a3a64db0d5a05e37cd148d121663067458.jpg 900w” sizes=”(max-width: 450px) 100vw, 450px” />

माछापुच्छ्रे बैंकले ग्राहकहरुलाई इएमआई सुविधामा टिभि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताहरुलाई इएमआई सुविधामा टिभि तथा इन्टरनेट प्याकेज उपलब्ध गराउने सम्बन्धमा माछापुच्छ्रे बैंक , एनआईटिभी स्ट्रिम्ज , र वल्डलिंक कम्युनिकेशन लिमिटेड बीच त्रिपक्षिय सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा एनआईटिभी स्ट्रिम्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी, वल्डलिंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत केशव नेपाल  माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालज्यूले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको इंन्स्टापे सुविधा मार्फत टिभि तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज इएमआईमा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । आउदो दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी संचालक गरिएको यस अफरमा ग्राहकले करीव ५६% सम्मको छुट पाउन सक्ने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार ग्राहकहरूले उक्त सुविधा बैंकको केडिट कार्ड तथा इंन्स्टापेबाट उपभोग गर्न सक्नेछन् । बैंकको केडिट कार्ड नभएका ग्राहकहरुले अनलाइन मार्फत कार्डको लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार हाललाई यो सुविधा वल्डलिंक र एनआईटिभी स्ट्रिम्जको नेपाल स्थित सबै कार्यालयहरु मार्फत उपलब्ध गराईनेछ ।

कमेन्ट गर्नुहोस्