दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियम पदार्थ सबैभन्दा महँगो

226
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-768×461.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22-770×463.jpeg 770w, arthasanjal.com/wp-content/uploads/2022/08/petrol12022-06-03-05-06-22.jpeg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
दक्षिण एसियाली मुलुकमध्ये नेपालमा पेट्रोलियमा पदार्थको मूल्य सबैभन्दा धेरै र महँगो रहेको छ । नेपालमा डिजेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ रहेको छ । जुन ८ मुलुकमध्ये सबैभन्दा धेरै हो । त्यसपछि, अफगानिस्तानमा प्रतिलिटर १६८ रुपैयाँ ९७ पैसा पर्न जान्छ । बाँकी ६ देशहरुमा डिजेलको मूल्य १५० रुपैयाँ भन्दा कम छ । त्यस्तै, पेट्रोलको मूल्य श्रीलंकमा प्रतिलिटर १८६ रुपैयाँ ५१ पैसा रहेको छ । जुन दक्षिण एसियाका देशहरुमध्ये सबैभन्दा धेरै हो ।
त्यसपछि, नेपालमा १८१ रुपैयाँ, भारत र बंगलादेशमा क्रमशः १६६ रुपैयाँ ४३ पैसा र १६० रुपैयाँ ४ पैसा रेहको छ । भारतमा भने विभिन्न राज्य अनुसार मूल्यदर फरक रहेको छ । पेट्रोल र डिजेलको मूल्य सबैभन्दा कम पाकिस्तानमा पर्छ । त्यहाँ पेट्रोलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ ८१ पैसा र डिजेल १३१ रुपैयाँ ९२ पैसा रहेको छ । पछिल्लो समय विश्व बजारमा पेट्रोलियमा पदार्थको भाउ घट्दो क्रममा रहेपनि नेपालमा भने यसको मूल्य घटेको छैन ।
ग्लोबल पेट्रोल प्राइसेस (२०७९ असोज ३ गतेको भाउका आधारमा)
कमेन्ट गर्नुहोस्