
भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५३ अर्ब रुपैयाँले बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)ले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप भदौमा ५३ अर्ब रुपैयाँले बढेको हो। योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ।
गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ३३ अर्ब रुपैयाँ रहेको थियो । एनबीएको तथ्यांकअनुसार भदौमा वाणिज्य बैंकहरुले थप १३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ पुगेको छ।
गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/Bank-paisa-768×443.jpg 768w, 






