बैंक तथा वित्तीय संस्थाहरुले दुुई महिनामा लिए १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाखको तरलता सुुविधा

178
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Nepal-Rastra-Bank-768×468.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Nepal-Rastra-Bank.jpg 1024w” sizes=”(max-width: 492px) 100vw, 492px” />

चालुु आर्थिक वर्षको दुुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुले १६ खर्ब बढी स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाले दुुई महिनामा १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुविधा लिएका हुन् ।

भदौ मसान्तमा मात्रै १० बैंक तथा वित्तीय संस्थाले ७ अर्ब ४३ करोड रुपैयाँ राष्ट्र बैंकबाट सापटी लिएका छन् ।

चालुु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै बैंक तथा वित्तीय संस्थाहरुले ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका थिए भने भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका छन् ।

बैंकिङ प्रणालीमा तरलताको अभाव बढ्दै गएपछि बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन् । राष्ट्र बैैंकले बैंक तथा वित्तीय संस्थालाई ८.५० प्रतिशत ब्याजदरमा स्थायी तरलता सुविधा दिँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्