
दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुलेको छ । दसैँमा काठमाडौंबाट घर फर्किने यात्रुलाई लक्षित गर्दै अग्रिम टिकट बुकिङ खुला गरिएको हो । नयाँ बसपार्क, गौशाला, चावहिल, कोटेश्वर, सुन्धारा र कलंकीलगायत टिकट काउन्टरबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको छ ।
यसैबीच, महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैँ, तिहार तथा छटलाई लक्षित गरी राजधानीका १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको जनाएको छ । आफूलाई अफ्ठ्यारो परेका वा अलमल परेका यात्रुले सहायता कक्षबाट सहयोग तथा जानकारी लिन सक्ने महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/ticket-newbuspark-1024×478.jpg 1024w, 






