
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा २२ अर्ब २६ करोड रुपैयाँ खर्च गरेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा सरकारले चालुतर्फ ५ अर्ब ६६ करोड रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ४८ करोड रुपैयाँ र वित्तीय व्यवस्था अन्तर्गत १५ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ ।
साउन महिनामा संघीय सरकारको कुल राजस्व ७९ अर्ब ७२ करोड रुपैयाँ परिचालन भएको छ । यसमध्ये कर राजस्व तर्फ ७० अर्ब ६४ करोड रुपैयाँ र गैर कर राजस्व तर्फ ९ अर्ब ८ करोड परिचालन भएको छ ।
२०७९ साउन मसान्तमा सरकारका विभिन्न खातामा २ खर्ब ९४ अर्ब २५ करोड नगद मौज्दात रहेको राष्ट्र बैंकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । २०७९ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब २७ अर्ब ६९ करोड रहेको थियो ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/09/1590460113-p1SlO-768×471.jpg 768w, 






