चार सामाजिक उद्यमी महिला सहकारी पुरस्कृत

284
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/IMG20220915135751.jpg-1024×577.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/IMG20220915135751.jpg-768×433.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/IMG20220915135751.jpg-1536×866.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/IMG20220915135751.jpg-2048×1155.jpg 2048w” sizes=”(max-width: 500px) 100vw, 500px” />
अन्तर्राष्टिय गैरसरकारी संस्था हेफर इन्टरनेशनल नेपालले भैरहवाका चार सामाजिक उद्यमी महिला सहकारीलाई नगदसहित पुरस्कृत गरेकाे छ । हेफरले गठन गरेकाे सहकारीहरू मध्येबाट मुल्यांकन र प्रगतिकाे आधारमा चार सहकारीलाई नगदसहित पुरस्कृत गरिएकाे हाे ।

दुई सय ५५ वटा सहकारी मध्येबाट दाङ लमहीस्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडलाई तीन लाख नगद र सम्मानपत्रसहित राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार, सिन्धुलीको दुधौलीमा रहेकाे प्रयास सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कास्कीको माछापुच्छ्रेस्थित प्रतिभा सामाजिक उद्यमी महिला सहकारी, कपिलवस्तु बाणगंगामा अवस्थित बिहानी सामाजिक उद्यमी महिला सहकारी संस्थालाई एक लाख ५० हजार नगद र सम्मानपत्र सहित क्षेत्रिय स्वर्णिम प्रतिभा पुरस्कार दिएकाे हेफरका नेपालका प्रमुख शुभनारायण महताेले बताए ।

सामाजिक उद्यमकी महिला सञ्जाल सेवा नेपाल र हेफर इन्टरनेशनल नेपालले संयुक्त आयाेजना भएकाे महिला उद्यमी उत्सवमा पुरस्कृत सहकारीहरुलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, पूर्वमन्त्री गाेकर्ण विष्ट, चक्रपाणि खनाल, लुम्बिनी प्रदेश सासंद देवेन्द्रराज कंडेल, हेफर अन्तर्राष्ट्रियका प्र्मुख वितिय अधिकृत मार्सिया रस्मुसेन , बरिस्ठ उपाध्यक्ष  महेन्द्रनाथ लाेहनी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

सामाजिक उद्यमी महिला सञ्जाल नेपाल दुई सय ५५ सहकारीमा आबद्ध भएका तीन लाख १४ हजार साना कृषकको प्रतिनिधित्व गर्ने संस्था हो ।

हेफर ईन्टरनेशनलन नेपालमा सञ्चालन भएको अवधिमा समूह सहकारीमा आवद्ध महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तिकरण, क्षमता विकास गाई, बाखा, दुध, स्थानीय जातको कुखुरा, तरकारी, बंगुर लगायतका कृषि तथा पशुपालन क्षेत्रमा सहयोग र सहजिकरण गर्दै आएको छ ।

Avatar

Avatar

Avatar

Avatar

Avatar

Avatar
कमेन्ट गर्नुहोस्