देशभर थपिए १७६ कोरोना संक्रमित, एकको मृत्यु

143
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

पछिल्लो २४ घन्टामा देशभर १७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १७६ जनामा संक्रमण पुष्टि भएको हो । ४ हजार ९५९ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार ६०० जनाको पिसिआर र दुई हजार ३५९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर २२७१ जना सक्रिय संक्रमित छन् ।

१७१ जना संक्रमित निको समेत भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एकको जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्