नेपाल–भारत सीमाबाट स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ 

206
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/paisa-2-.jpeg-1024×682.jpeg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/paisa-2-.jpeg-768×511.jpeg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/paisa-2-.jpeg.jpeg 1280w” sizes=”(max-width: 451px) 100vw, 451px” />
नेपाल–भारत सीमा सुनौलीमा स्रोत नखुलेको ७२ लाखसहित एक नेपाली पक्राउ परेको छ । भारतबाट नेपाल आउँदै गरेको अवस्थामा दशगजा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले चेकजाँच गर्दा नगदसहित भैरहवाका एक युवा पक्राउ परेका हुन् ।

सोमबार बिहान करिब १० बजे कारबाट नेपाल आउँदै गरेको अवस्थामा सीमा सुरक्षा बल एसएसबी र सुनौली पुलिसले गरेको संयुक्त चेकजाँचमा सिद्धार्थनगर नगरपालिका दयापथ बस्ने ३८ वर्षीय सुभाष सुनारको साथबाट नेपाली रुपैयाँ ७२ लाख ८० हजार बरामद गरेकाे सुनौली पुलिस चौकी इन्चार्ज दुर्गेशकुमार सिंहले बताए ।

स्रोत नखुलेको नगदसहित पक्राउ परेको सुनारलाई नियन्त्रणमा लिई भारतीय कस्टम, सुरक्षा निकायका अधिकारीहरूले सोधपुछ गरिरहेका छन् । उक्त नगद के प्रयोजनको लागि हो भन्ने खुलेको छैन ।

कमेन्ट गर्नुहोस्