भगवतीलाई यु–१६ टिमको जिम्मा 

155
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/dr-1024×575.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/dr-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/dr.jpg 1500w” sizes=”(max-width: 500px) 100vw, 500px” />
यु–१५ महिला साफ च्याम्पियनसिपका लागि भगवती रानामगर राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएकी छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस अघि राष्ट्रिय टिमको सहायक प्रशिक्षक समेत रहेकी भगवतीलाई बंगलादेशमा आयोजना हुने प्रतियोगिताको लागि जिम्मेवारी सुम्पिएको हो । उनलाई एन्फा महासचिव किरण राईले नियुक्ति पत्र दिएका हुन् । भगवतीले पहिलो पटक उमेर समूहको प्रशिक्षक जिम्मेवारी लिएकी हुन् ।

प्रतियोगिता नोभेम्बर १ देखि १२ सम्म ढाकामा हुँदैछ । यस्तै, सहायक प्रशिक्षकमा मंगल महर्जनले जिम्मेवारी पाएका छन् ।

कमेन्ट गर्नुहोस्