ङादी ग्रुप पावरको साढे १२ लाख बढी कित्ता सेयर लिलामीमा राखिने

182
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/haydopawar.jpg 540w” sizes=”(max-width: 500px) 100vw, 500px” />

ङादी ग्रुप पावरले अवितरित साढे १२ लाख बढी कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री राख्ने भएको छ।

कम्पनी साउन १८ देखि भदौ ७ गतेसम्म १ः१.५ अर्थात १५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। जसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो।

यो हकप्रद सेयर बुधबार बाँडफाँड गरिएको छ। जसअनुसार कुल कित्तामध्ये ९३ लाख ४६ हजार ६९६ कित्तामा मात्र बिक्री भएको छ।

यो हिसाबले कम्पनीको १२ लाख ५७ हजार २९० कित्ता हकप्रद बिक्री भएन। सोही बिक्री हुन नसकेको सेयर अब कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री गर्नेछ।

कमेन्ट गर्नुहोस्