डिशहोमका ग्राहकले एक वर्षको रिचार्ज गर्दा २४ महिना टीभी हेर्न पाउने

198
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/dada-768×379.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/dada.jpg 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपालीको महान चाड दसैँ, तिहार र छठ पर्वका अवसरमा डिशहोमले आफ्ना ग्राहकका लागि १ वर्षको रिचार्ज गर्दा २४ महिना टीभी हेर्न सकिने योजना सञ्चालन गरिरहेको छ।

डिशहोमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाइबाट फन्ड ट्रान्सफरमार्फत एक वर्ष अर्थात १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन्।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहक मध्येबाट प्रत्येक हप्ता लक्की ड्रमार्फत एकजना ग्राहकले रु. १ लाख पनि जित्न सक्ने छन्।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाइलो एचडी, सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत डिशहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुनेछ।

एक दशकदेखि स्याटेलाइट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो। यसका साथै डीटीएच प्रविधिमार्फत टेलिभिजन सेवा दिइरहेको डिशहोमले  फाइबरमार्फत डिशहोम फाइबरनेट ब्रान्ड नेममा नेपालभर इन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्