संस्थागत परामर्श सेवाअन्तर्गत कुमारी क्यापिटलले सञ्चालनमा ल्यायो ‘वे टु लिस्टिङ’

175
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/823-1662551807kumari-768×366.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/823-1662551807kumari.jpg 823w” sizes=”(max-width: 500px) 100vw, 500px” />

कुमारी क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाअन्तर्गत ‘वे टु लिस्टिङ’ नामक नयाँ सेवा सञ्चालनमा ल्याएको छ।

क्यापिटलले यो सेवाअन्तर्गत नेपालको प्रचलित कानुनबमोजिम स्थापना भएका जुनसुकै संगठित संस्थालाई धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासनपूर्व गर्नुपर्ने वित्तीय तथा संगठनात्मक पुनर्संरचनालगायतका कार्यमा आवश्यक सम्पूर्ण वित्तीय तथा कानुनी परामर्श सेवा उपलब्ध गराउनेछ। यसका साथै क्यापिटलले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने, निष्कासित धितोपत्र नेपाल धितोपत्र विनिमय बजारमा सूचीकरण गराउनेलगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्नेछ।

यस सेवाले वास्तविक क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउने धितोपत्र बोर्डको नीतिलाई समेत सहयोग पुर्याउने क्यापिटलको विश्वास छ।

क्यापिटलले संस्थागत परामर्श सेवाअन्तर्गत निम्न कार्यहरु गर्नेछ–

  • व्यावसायिक तथा वित्तीय योजनाको तयारी
  • वित्तीय तथा संगठनात्मक पुनर्संरचना
  • वित्तीय स्रोत जुटाउन सहयोग
  • कम्पनी मूल्यांकन तथा परियोजना मूल्यांकन
  • प्रबन्धपत्र तथा नियमावली संशोधन
  • आन्तरिक नियन्त्रण प्रणालीको विकास तथा प्रभावकारिता मूल्यांकन
  • व्यवस्थापकीय परामर्श
  • Due Diligence
कमेन्ट गर्नुहोस्