
राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध नाबलिगलई बलात्कार गरेको अभियोग मा जाहेरी दर्ता भएसँगै प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ । प्रहरीले ती किशोरी र सन्दिप बसेको होटलको सिसिटिभी फुटेजमाथि अनुसन्धान थालेको हो ।
लामिछाने र पीडित किशोरी काठमाडौं-९ सिनामंगलस्थित होटलमा करिब सात घन्टा बसेको खुलेको छ। प्रहरीले उनीहरू बसेको होटलको सिसिटिभी फुटेज हेर्दा सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्समा थिइन्।
घटना भएको दिन अर्थात् भदौ ५ गते राती सन्दीप र ती किशोरी राति ११:५५ मा होटल पसेको देखिएको छ। उनीहरु बिहान ६ बजेर ४६ मिनेटमा होटलबाट फर्किएको फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
घटना हुनुअघि सन्दीप र किशोरी भक्तपुरको नगरकोट पनि गएको जाहेरीमा उल्लेख गरेकी छन्। त्यहाँको पनि सिसिटिभी फुटेज संकलन गर्न प्रहरी खटिएको छ।

arthasanjal.com/wp-content/uploads/2022/09/sandipa-500×281.jpg 500w, 






