
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको बम्पर विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ ।
थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेतालाई कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल तथा लक्ष्मी हुन्डाईका विक्री प्रतिनिधिद्धारा संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे ।
उक्त अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्कि ड्र मार्फत १ जना विजेतालाई हुन्डाई आइ२० जित्ने मौका पाएका थिए ।
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफरको विजेताको घोषणा हिमालय टिभिमामा लाइभ लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिइन् ।
‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ अफर अनुरुप बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौंका लोकेश बज्रचार्यले हुन्डाई आइ२० जितेका थिए ।
यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको कम्पनीले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/09/PHOTO_20220905161520.jpg 700w” sizes=”(max-width: 486px) 100vw, 486px” />






