मनोज ज्ञवालीको आह्वान : दशैँमा नयाँ नोट साट्न बन्द गरौ, डिजिटल दक्षिणा वर्ष मनाऔँ

154
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/09/manoj-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/09/manoj-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/09/manoj-1536×864.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/09/manoj.jpg 1920w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नबिल बैंकका डेपुटी सीईओ मनोज कुमार ज्ञवालीले दशैँ तथा तिहारमा नयाँ नोट सटही गर्ने काम बन्द गरिनुपर्ने बताएका छन्। नोट व्यवस्थापनको लागत र अप्ठ्याराहरू धेरै भयको भन्दै उनले डिजिटल कारोबारलाई बढावा दिँदै नोटको कारोबार कम गर्नुपर्ने बताएका हुन्।

उनले यस वर्षलाई ‘डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाउन समेत आग्रह गरेका छन् । दशैँमा दक्षिणा खातामा रकमान्तर गरेर दिन उनले आग्रह गरेका छन्।

दक्षिणालाई डिजिटल बनाउँदा पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाइ पनि नहूने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न मान्दैन । यसैले बैंक तथा वित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्टमा होईन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन्। खुद्रा नोट व्यवस्थापन साच्चै नै समस्याको रुपमा रहेको छ।’

ज्ञवालीका अनुसार असार २०७८ मा बजारमा चलन चल्तीमा रु ५ खर्ब ७१ अर्ब ९६ करोडका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६५ ले घटेर रु ५ खर्ब ५ अर्ब ९० करोड बराबर रहेको छन्।

उनको स्ट्याटस जस्ताको तस्तै

नेपाल राष्ट्र बैंक, समग्र बैकिङ तथा अन्य डिजिटल भुक्तानी सेवा प्रदायक हरुको डिजिटल बैकिङ प्रवर्द्धनले रंग ल्याएको देखिन्छ। असार २०७८ मा बजारमा चलन चल्तीमा रु ५७१.९६ अर्बका नोटहरू थिए भने असार २०७९ मा चलन चल्तीका कुल नोटहरू ११.६% ले घटेर रु ५०५.९० अर्ब बराबर रहेको छन्। नोट व्यवस्थापन को लागत र अप्ठ्याराहरू धेरै छन्।

सानो इकाईका खुद्रा नोटहरू नेपाल राष्ट्र बैंकले समेत जम्मा गर्न मान्दैन । यसैले बैंक तथा वित्तीय संस्थाहरुको कतिपय शाखाहरूमा भल्टमा होईन भल्ट रुम मै नअट्ने गरी खुद्रा नोटहरू थुप्रिएका छन्। खुद्रा नोट व्यवस्थापन साच्चै नै बैकिङको नगद व्यवस्थापन समस्याको रुपमा रहेको छ। फेरी हामीले ‘नयाँ नोट’ सटही गर्ने सुरसारमा छौँ। दशैँ तथा तिहारमा नयाँ नोट सटही गर्ने काम सधैँको लागि बन्द गरिनु पर्छ की ? नोट’ लाई ‘खेलौना’ को रुपमा प्रयोग गर्न नदिने कुरामा राष्ट्र बैंक प्रष्ट हुनुपर्छ।

एकातर्फ बैंकिङलाई डिजिटल हुन प्रोत्साहन गर्ने अर्कोतर्फ दक्षिणा दिने भन्दै खुद्रा नोटहरु चाड पर्वमा सटही गर्नु हुँदैन जस्तो लाग्दछ। बरु यस वर्षलाई ‘डिजिटल दक्षिणा वर्ष’ को रुपमा मनाऔँ र दक्षिणा खातामा रकमान्तर गरेर दिऔँ- पैसाको बचत हुने, नोटको आयु बढ्ने, नोट छपाई खर्च बच्ने, बैकिङलाई खुद्रा नोट व्यवस्थापनको टाउको दुखाई पनि नहुने। नोटको आयु घटने पनि दशैँको बेला नै हो। पुराना नोट नै प्रयोग गर्दा फरक पर्दैन।

नोटको प्रयोगमा जिम्मेवार बन्नुपर्दछ पर्छ : रंग लगाउने, बटार्नै, तास खेल्दा यता र उता पछार्ने गर्दा नोटको आयु घट्छ पनि। दशैमा सटहि भएका नोटहरुको आयु बैंकमा फर्किदा धेरै घटिसकेको हुन्छ भने, नेपाल राष्ट्र बैंकले समेत फिर्ता लिन मान्दैन । रु. १०० को दरभन्दा कम दरको नोटहरू नेपाल राष्ट्र बैंकले नै पुन: निक्षेपको रुपमा लिन सकिरहेको छैन । यसैले फिर्ता लिन नसकिने दरका नोटहरू अहिलेलाई नयाँ नोटको रुपमा निस्काशन नगर्ने वा कतिसम्म गर्ने भन्ने विषयमा छलफल पनि जरुरी छ। एक बर्ष नेपाल राष्ट्र बैकले नयाँ नोट साट्ने र पनि हामीले दशैँ मनायौं, दक्षिणा पनि दियौ। पुन: विचार गर्ने कि?

‘नयाँ नोट सटही’ गर्ने होईन की डिजिटल कारोबार लाई बढावा दिँदै सकेसम्म ‘डिजिटल दक्षिणा बर्ष’ मनाउँदा कसो होला?

 

कमेन्ट गर्नुहोस्