हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

257
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/himalayan-bank-HBL-1024×576.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/himalayan-bank-HBL-768×432.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/himalayan-bank-HBL.jpg 1280w” sizes=”(max-width: 500px) 100vw, 500px” />
हिमालयन बैंकको ऋणपत्र पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि लम्बिएर २९ भदौसम्म पुर्‍याइएको छ । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको थियो ।

यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको थियो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् ।

यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कमेन्ट गर्नुहोस्