
अभिनेता पूर्णविक्रम उर्फ पल शाहको जबरजस्ती करणी विरुद्धको मुद्दाको पेसी भदौको ८ र १५ गतेको लागि तोकिएको छ । नवलपुर जिल्ला अदालतमा भदौ ८ र तनहुँ जिल्ला अदालतमा १५ गतेका लागि पेशी तोकिएको तनहुँ कारागारका निमित्त जेलर नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
बलात्कारको अभियोग लागेका शाह पुर्पक्षका लागि तनहुँ कारागारमा थुनामा छन् । प्रमाण बुझ्नको लागि बुधबार पेसी तोकिएको शाहको पक्षबाट वकालत गर्नु भएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए । नवलपुरमा घटना विवरणका मानिससँग बुझ्न बाँकी रहेकोले पेसी तोकिएको अधिवक्ता बाग्लेले बताए । जाहेरीवाला, साक्षी, पीडित भनिएको लगायत घटना विवरणसँग सम्बन्धित मानिससँग बुझ्ने काम हुने उनले जानकारी दिए ।
तनहुँ अदालतमा सबै काम पुरा भइसकेको वरिष्ठ अधिवक्ता वाग्लेले बताए । तनहुँ अदालतले भने अभिनेता शाहलाई बिना धरौटी छाड्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने बारे फैसला आउनसक्ने उनको भनाइ छ ।
शाहलाई धरौटीमा छोड्ने वा थुनामै राख्ने भन्ने भदौ १५ गते फैसला आउन सक्ने बताइएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/pal-saha-768×427.jpg 768w, 






