सेयर बजारमा सामान्य सुधार, १.८५ अंकले वृद्धि

230
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/07/share-1-768×429.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/share-1.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />
सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार सेयर बजारमा सामान्य सुधार हुँदै १.८५ अंकले वृद्धि भएको हो ।

२०५४.९८ अंकमा बजार बन्द हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । उक्त कारोबारको संख्या आइतबार र मंगलबारको तुलनामा कमि हो । आइतबार २ अर्ब माथि र सोमबार करिब पौने २ अर्बको कारोबार भएको थियो ।

तर, मंगलबार कारोबार रकममा ओरालो लागेको सेयर बजारमा  ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच भएको छ ।

१८६ कम्पनीको सेयर कारोबार हुँदा १०४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्ये स्थिर छ ।

कमेन्ट गर्नुहोस्