पुटिनका सहयोगीकी छोरीलाई युक्रेनले हत्या गर्‍यो : रुस

171
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/rush_ukrain_flag-1.webp 750w” sizes=”(max-width: 500px) 100vw, 500px” />

रुसको युक्रेनी विशेष सेवाले राष्ट्रपति भ्लादिमिर पुटिनका एक सहयोगीकी छोरीलाई सप्ताहन्तमा कार बम विस्फोटमा मारेको आरोप लगाएको छ । रुसको राजधानी मस्कोनजिकै शनिबार २९ वर्षीया दर्या दुगिनाको गाडीमा बिस्फोटमा मृत्यु भएको हो ।

उनका अतिराष्ट्रवादी बाबु अलेक्ज्याण्डर डुगिनलाई लक्षित गरि उक्त विस्फोट गराइएको हुनसक्ने अनुमान गरिएको छ । विस्फोटमा आफूहरूको संलग्नताबारे युक्रेनी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

रुसी संघीय सुरक्षा सेवा (एफएसबी)ले रहस्य समाधान गरेको र आक्रमणमा रुस प्रत्यक्ष रुपमा जवाफदेही भएको बताएका छन् । एक युक्रेनी महिला जुलाईमा उनको जवान छोरीसँगै रुस गएको तर वास्तवमा उनी युक्रेनी विशेष सेवाकी सेवाप्रदायक रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्