
सिनियर ब्वाइजतर्फ सैनिक आवासीय मावि सल्लाघारी भक्तपुरले हिमालय स्कुल काठमाडौं, ज्ञान निकेटन स्कुल काठमाडौंले इनोभेटिभ स्कुल काठमाडौंलाई हराएर फाइनल यात्रा तय गर्न सफल भएको हो । यस्तैं जुनियर ब्वाइजतर्फ ज्ञान निकेटनले न्यातापोल स्कुल भक्तपुर, युनिक स्कुल काठमाडौंले हिमालय स्कुल काठमाडौँलाई पराजित गरी फाइनलमा प्रवेश पाएको हो । गल्सतर्फ तिरुपतिले हिमालय र इनोभेटिभले सैनिकलाई हराएर फाइनलमा प्रवेश पाएको हो ।
प्रतियोगिताको फाइनल खेल भोलि मंगलबार हुनेछ । मंगलबारको फाइनल खेल सिनियर ब्वाइजतर्फ सैनिक र ज्ञान निकेटन, जुनियर ब्वाइजतर्फ ज्ञान निकेटन र युनिक र गर्ल्सतर्फ तिरुपति र इनोभेटिभबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजयी टिमहरूलाई भोलि मंगलबार नै पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम छ । आयोजक स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले फ्रेण्डसिप फष्ट र कप्यिटसन सेकेण्ड भन्ने भावनाका साथ प्रत्येक वर्ष प्रतियोगिता गर्दै आएको जनाए । स्कुलहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले पनि प्रतियोगिता गर्दै आएको उनले जनाए ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका २१ वटा स्कुलहररुबाट सहभागी भएको आयोजकले जनाएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/08/j-4-1024×564.jpg 1024w, 






