दिल्लीको ग्याङ नाइके पक्राउ

216
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/04/Pakrau-5-768×360.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/04/Pakrau-5.jpg 960w” sizes=”(max-width: 500px) 100vw, 500px” />

दिल्लीका ‘रोबिन हुड’ भनेर चिनिने एकजना ग्याङ नाइके पक्राउ परेका छन् । २५ जनाको ग्याङको नेतृत्व गर्दै आएका वसिम अक्रम पक्राउ परेका हुन् । अक्रम र उनको समूहले धनीका घरबाट नगद तथा बहुमूल्य गरगहना लुट्ने र त्यसमध्येबाट केही रकम गरिब समुदायलाई बाँड्दै आएको प्रहरीले जनाएको छ ।

तर, डिस्नी कथा विपरीत उनीहरूले लुटेका अधिकांश सम्पत्ति भने आफैंले राख्ने गरेका छन् । ‘लम्वु’ उपनामले पनि चिनिने अक्रमविरुद्ध हत्या र बलात्कार प्रयास जस्ता अभियोग पनि लगाइएको प्रहरीले जनाएको छ ।

२७ वर्षिय अक्रमलाई पक्राउ गर्न खडा गरिएको विशेष सुरक्षा टोलीले चार महिना लामो प्रयासपछि उनलाई आफ्नो फन्दामा पारेको हो । सुरक्षा टोलीले गत जुनमा पक्राउ गर्न खोज्दा उनले आफूहरूमाथि गोली चलाएको आरोप लगाएको छ ।

साथै, पक्राउ परेका अक्रमको साथबाट तीन गोली सहितको एउटा पेस्तोल बरामद भएको छ । प्रहरीको आँखा छल्न समय समयमा वासस्थान परिवर्तन गर्दै उनी भारतका विभिन्न राज्यहरूमा लुक्दै आएका थिए ।

उनलाई स्थानीय समुदायले पनि सहयोग गरेर प्रहरीबाट जोगाउँदै आएको थियो ।

कमेन्ट गर्नुहोस्