सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्यो

212
0
Share:

नेपाली बजारमा सुनको मूल्य  आज घटेको छ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला सुन ९५ हजार रुपैयाँ र तेजाबी सुन ९४ हजार ५०० रुपैयाँले घटेको  छ।

हिजो सोमबार पनि सुनको  मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला सुन ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो।

कमेन्ट गर्नुहोस्