नेपाल टेलिकमको नाफा झन्डै साढे ८ अर्ब: प्रतिसेयर आम्दानी कति ?

314
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/ntc-1024×582.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/08/ntc-768×437.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/ntc-1536×873.jpg 1536w, arthasanjal.com/wp-content/uploads/2022/08/ntc.jpg 1900w” sizes=”(max-width: 500px) 100vw, 500px” />

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल टेलिकमले रू. ८ अर्ब ३८ करोडभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद नाफा १७ दशमलव ५४ प्रतिशत बढी भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ७ अर्ब १२ करोडभन्दा बढी थियो ।

गत वर्ष कम्पनीको कुल आम्दानी ५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष रू. ४२ अर्ब २० करोडभन्दा बढी कुल आम्दानी रहेको कम्पनीले गत वर्ष रू. ४४ अर्ब ३२ करोडभन्दा बढी यो आम्दानी भएको हो । कम्पनीले गत वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी रू. १८ अर्ब पु¥याएको छ ।

जगेडा कोष रकम अघिल्लो वर्षभन्दा ३ दशमलव १५ प्रतिशत बढेर रू. ७७ अर्ब ३ करोडभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४६.५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५२८.१३ रहेको छ ।

कमेन्ट गर्नुहोस्