
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला ९७ हजार ४०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ८०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले घटेर चाँदी १ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।
कमेन्ट गर्नुहोस्









