काठमाडौँ देख्दा श्रमदान गर्न मन लाग्योः मेयर साम्पाङ

355
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/harka-768×525.webp 768w, arthasanjal.com/wp-content/uploads/2022/08/harka.webp 961w” sizes=”(max-width: 439px) 100vw, 439px” />

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा आफूलाई श्रमदान गर्न मन लागेको बताएका हुन्।

साम्पाङले लेखेका छन्, काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।

पछिल्लो समय उनले धरानमा पनि श्रमदान मार्फत विभिन्न कामहरु गरिरहेका छन् । धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले साम्पाङ अहिले काठमाडौं आएका छन्।

कमेन्ट गर्नुहोस्