
प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवलाई युवाहरूले कालो झण्डा देखाएका छन् । उर्लाबारी—३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको नयाँ ओपीडी भवन उद्घाटन गर्न पुगेका स्वास्थ्यमन्त्री यादवलाई मंगलवारे युवा क्लवका युवाहरूले कालो झण्डा देखाएका हुन् ।
क्लवका अध्यक्ष पिपलराज गिरीको नेतृत्वमा आएको टोलीले आइतवार कालो झण्डा देखाएको हो । क्लबले नयाँ ओपीडी भवन निर्माणमा अनियमितता भएको भन्दै निर्माणको आम्दानी खर्च सार्वजनिक गर्न माग राख्दै आएको थियो ।
कालो झण्डा देखाउने गिरीसँगै क्लबका महासचिव रेशु कटुवाल, सदस्यहरू शेखर खड्का, प्रदीप दाहाल र प्रतिक पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूलाई कार्यक्रम अवधिभर प्रहरी नियन्त्रणमा राखिने मोरङ प्रहरीले जनाएको छ ।
यसअघि पनि मंगलबारे युवा क्लवले भवन खर्च विवरण माग राख्दै अस्पताल प्रशासनलाई ज्ञापन पत्रसमेत बुझाएको थियो ।

arthasanjal.com/wp-content/uploads/2022/08/kalo-jhanda-768×464.webp 768w, 





