पार्टीमा अब अस्तित्वको लडाइँ लड्नुपर्ने बेला भयाे : शेखर समूह

277
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/06/shekhar-768×425.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/06/shekhar.jpg 889w” sizes=”(max-width: 500px) 100vw, 500px” />

नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी नेतृत्व एकलौटी ढङ्गबाट अघि बढेको निष्कर्ष निकाल्दै अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको निष्कर्ष निकालेको छ । सो समूह शनिवार बत्सिपुतलिमा बसेको भेलाले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको भन्दै अब पार्टीमा अस्तित्वको लाडाइँ लड्नुपर्ने बेला आएको निष्कर्ष निकालेको हो ।

युवा नेता जगदीश्वरनरसिंह केसीको संयोजकत्वमा गरिएको भेलामा दोस्रो तहका नेता सहभागी थिए । भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरे सहित युवा नेताहरू मनोजमणि आचार्य , केशव सिंह, रञ्जित कर्ण, सुवास पोख्रेल, डिल्लीराम सुवेदीलगायत ८० जनाको उपस्थिति रहेको नेताहरुले बताए ।

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह पनि गर्नुहुन्न । समेट्दा पनि समेट्नुहुन्न, यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले न्यायोचित निर्णय गर्नु नहुने भए भागबन्डामा जानुपर्ने अवस्था आयो’, भेलाको संयोजन गरेका नेता केसीले भने ।

कमेन्ट गर्नुहोस्