एकैपटक ठूलो संख्यामा प्रभु बैंकका कर्मचारीको बढुवा

234
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/prabhu-768×470.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/08/prabhu.jpg 823w” sizes=”(max-width: 490px) 100vw, 490px” />

प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको छ । प्रभु बैंक सेञ्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा छ । मर्जरकै प्रक्रियामा रहेको अवस्थामा प्रभु बैंकले एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको हो ।

हाल बैंकमा ३ हजार बढी कर्मचारी कार्यरत छन् । तीमध्ये १ हजार कर्मचारीको एक तह बढुवा गरिएको छ । बैंकको एचआर विभागका अनुसार कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा गर्ने निर्णय बैंकको बोर्ड बैठकले गरेको हो ।

बढुवामा परेका कर्मचारीहरु उच्च व्यवस्थापन र कार्यकारी तहका छन् ।

यसअघि सहायक महाप्रवन्धक रहेका दिनेश थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको छ । चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मि पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

एचआर विभागका अनुसार करिब एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको छ ।

कमेन्ट गर्नुहोस्