मर्जरमा जाने कम्पनीको शेयर कारोबार १५ दिन मात्रै रोक्का गर्ने

188
0
Share:
arthasanjal.com/wp-content/uploads/2022/08/nepal-dhito-patar-768×503.png 768w, arthasanjal.com/wp-content/uploads/2022/08/nepal-dhito-patar.png 823w” sizes=”(max-width: 458px) 100vw, 458px” />

नेपाल धितोपत्र बोर्डले शेयर कारोबार रोक्का सम्बन्धी नयाँ निर्देशिका तयार पारेको छ । उक्त निर्देशिका अनुसार अब मर्जर तथा प्राप्तिमा जाने कम्पनीको शेयर कारोबार १५ दिन मात्रै रोक्का हुने भएको छ ।

बोर्डले संगठित संस्था एक आपसमा गाम्ने गाभिने तथा प्राप्ती सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदामा भनिएको छ, ‘कुनै कम्पनी वा संस्थाले एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकिकरण तथा सूचिकरण लगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्नेछ ।’

संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको शेयर कारोबार रोक्का नराख्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्