
जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा छ भने चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ । कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिरहम एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा छ भने कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ११ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ २६ पैसा र बिक्री दर ४१४ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३३७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

arthasanjal.com/wp-content/uploads/2022/07/dollor-bideshi-mudra-768×499.jpg 768w, 






