
महोत्तरीको बर्दिबासमा आगलागी भएको छ । बारुणयन्त्र र सुरक्षाकर्मीकाे टाेलीले आगो नियन्त्रणकाे प्रयास गरिरहेकाे छ । आगलागीको कारण पत्ता लागेकाे छैन ।
सिद्धार्थ बैंक भएको घरको माथिल्लो तल्लामा आगलागी भएको हो । माथिल्लो तल्लामा रहेको जिमखानाबाट धुँवा आएकाे प्रत्यक्षदर्शीहरूकाे भनाइ छ ।
आगलागी भएको ठाउँमा के कति क्षति भयो भन्ने तथ्यांक आउन सकेको छैन । आगलागीग्रस्त क्षेत्रमा एसबीआई बैंक पनि सँगै रहेको छ भने सोही घरमा रहेको सिदार्थ बैंकमा कुनै क्षति नभएको सुरक्षाकर्मीहरूले जानकारी दिए ।
कमेन्ट गर्नुहोस्

arthasanjal.com/wp-content/uploads/2022/08/aago-1024×527.webp 1024w, 





