पछिल्लो २४ घण्टामा थपिए ४३८ कोरोना संक्रमित, २ जनाको मृत्यु

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-1024×641.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana-768×481.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Corona_Virus_Onlinepana.jpg 1150w” sizes=”(max-width: 479px) 100vw, 479px” />

पछिल्लो २४ घण्टामा देशभर थप ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण यही अवधिमा दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

कमेन्ट गर्नुहोस्