दुई हप्ताभित्र टेलिकमको गुणस्तर सुधारका कार्ययोजना पेश गर्न सरकारलाई संसदीय समितिको निर्देशन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/bikas-prabidhi-samiti-768×392.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/bikas-prabidhi-samiti.jpg 1000w” sizes=”(max-width: 500px) 100vw, 500px” />

प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितले नेपाल टेलिकमको सेवा प्रभावकारी र गुणस्तरीय बनाउने तथा फोरजी सेवा विस्तारसम्बन्धी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिएको छ । सममितिले अबको १५ दिनभित्र कार्ययोजना तयार गरी समितिमा पेश गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भनेको छ ।

नेपाल टेलिकमको गुणस्तर र ग्रामीण दूरसञ्चार विकास कोष कार्यान्वयनको अवस्थाबारे छलफल गर्न बिहीबार बसेको समितिको बैठकमा सहभागी सांसद्हरूले फोन नलाग्ने, डेटा नचल्नेलगायत समस्या रहेको सुनाएका थिए । समितिले यसअघि पुस १९ को बैठकमा पनि टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइबारे जिज्ञाशा राखेर नयाँ टावर निर्माणको कार्यायोजना पेश गर्न निर्देशन दिएको थियो ।

‘अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मै सबै स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेश गरिसकेकोमा विस्तार हुन बाँकी ४३ वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गर्ने कार्ययोजना र बाँकी रहेका २२८ वटा टावर निर्माण कहिलेसम्म सम्पन्न गरिने हो सोको कार्ययोजना बनाइ १५ दिनभित्र समितिमा पेश गर्न समिति निर्देशन गर्दछ,’ समितिले जारी गरेको लिखित निर्णयमा भनिएको छ।

उक्त निर्देशनको पालना नभएको समिति सभापति कल्याणी कुमारी खड्काले बताइन् । ‘समितिले निर्देशन दिँदै गर्छ, हाम्रो आफ्नो काम अगाडि बढाउँदै गरौं भन्ने हिसाबले हो कि, अहिलेसम्म कार्ययोजना पेश भएको छैन,’ उनले भनिन्, ‘उक्त निर्देशनको सम्बन्धमा के–कस्तो कार्ययोजना मन्त्रालयबाट बनाइयो समितिलाई पुनः जानकारी गराउन समिति निर्देशन गर्दछ ।’

कमेन्ट गर्नुहोस्