सामसुङ इलेक्ट्रोनिक्सको आम्दानी दोब्बर

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/samsunm-1024×653.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/samsunm-768×490.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/samsunm.jpg 1080w” sizes=”(max-width: 470px) 100vw, 470px” />

दक्षिण कोरियाको विशाल प्राविधिक कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो दोस्रो त्रैमासिक कमाइमा दोब्बर वृद्धि गरेको बिहीबार जानकारी गराएको छ ।

समसुङ्ले एक वर्ष पहिलेको भन्दा आफ्नो आम्दानी २१.३ प्रतिशतले बढेर अप्रिल–जून महिनामा ७७.२ खर्ब वन (५९.२ अर्ब अमेरिकी डलर) पुगेको जनाएको छ ।

यसले कम्पनीको इतिहासमा दोस्रो सबैभन्दा उच्च राजस्व सङ्कलनलाई सङ्केत गरेको छ ।

यस वर्षको पहिलो त्रैमासिकमा ७७.७८ खर्बले वन (५९.७ अरब डलर) रेकर्ड गरिएको राजस्वभन्दा भने सामान्य कमी हो ।

कम्पनीको यो बर्षको सञ्चालन मुनाफा १२.२ प्रतिशतले बढेर दोस्रो त्रैमासिकमा १४.०९ खर्ब वन (१०.८ अर्ब डलर) पुगेको जनाइएको छ । यो दोस्रो त्रैमासिकको लागि तेस्रो सबैभन्दा उच्च नाफा हो ।

कमेन्ट गर्नुहोस्