तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Share:

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । तोलामा ८०० रुपैयाँले बढेपछि बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ प्रतितोला पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ३०० कायम भएको छ ।

बुधबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेको थियो । बुधबार छापावाल सुन ९४ हजार र तेजाबी सुन ९३ हजार ५०० मा कारोबार भएको थियो ।

बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ प्रतितोला पुगेको छ । बुधबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १५५ पुगेको थियो ।

कमेन्ट गर्नुहोस्