बाबुराम भट्टराई भन्छन् : नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज होइन

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/Baburam-bhattrai-1024×711.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/Baburam-bhattrai-768×533.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/Baburam-bhattrai.jpg 1050w” sizes=”(max-width: 432px) 100vw, 432px” />

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरुलाई हराउने अभियानप्रति लक्षित गर्दै नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज नभएको समेत उल्लेख गरेका छन् ।

बिहीबार ट्वीटरमार्फत् भट्टराईले वर्तमान निर्वाचन प्रणालीबाट जो प्रधानमन्त्री भए पनि निस्कने यही फोहर भएको टिप्पणी गर्दै त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन् ।

‘नेतृत्वप्रति नयाँ पुस्ताको आक्रोश नाजायज छैन’, भट्टराईले लेखेका छन्, ‘तर दुई कुरामा ध्यान दिनु पर्ला । १. हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हैन ! २. यो खिचडी संसदीय/निर्वाचन प्रणालीको थोत्रो मेशिनबाट जो प्रम भए पनि निस्कने यही फोहर हो। अतः प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऊँ !’

कमेन्ट गर्नुहोस्