
सत्तारुढ दल नेकपा माओवादी केन्द्र फुटको संघारमा पुगेको छ । अब त अतीनै भयो सहनै नसक्ने गरि अध्यक्ष प्रचण्डले पाइला पाइलमा देशहित विपरितको काम गर्न थाले भनेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ बोल्ड डिसिजनको तयारीमा लागेका छन् ।
पछिल्लो प्रकरण नागरिकता विद्ययेक पारित भएपछि फेरि नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र वरिष्ठ नेता श्रेष्ठबीचको सम्बन्ध चिसिएको छ । पुषको ठण्डीभन्दा पनि चर्कोसँग प्रचण्ड र श्रेष्ठको सम्बन्ध चिसिएको छ ।
अलीअली गर्दै प्रचण्ड नेपाली कांग्रेसको पुच्छर बनेर लतारिएको र देशलाईनै धोका हुने खालको काम लगातार गर्दै गएको भन्दै श्रेष्ठ समूह अब प्रचण्डसँग वार की पारको अवस्थामा पुगेका बताइन्छ । विशेष सुत्रबाट प्राप्त गरेका सूचना अनुसार यसरी कति दिन जान सकिन्छ ? भनेर श्रेष्ठले आफ्ना निकटस्थहरुसँग गम्भिर परामर्श थालेका छन् ।
एमसीसी पारित गर्ने बेलामा प्रचण्डले जस्तो खालको रबैया देखाए अहिले नागकिकता विद्ययेक पारित गर्ने बेलामा पनि त्यस्तै अवतार प्रचण्डले देखाएको भन्दै श्रेष्ठ आक्रोसित भएका छन् । उनले सामाजिक संजालमानै लामो स्टाटस लेखेर चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
माओवादी केन्द्रमा स्पष्ट दुई कित्ता देखिएको छ । नागरिकता विद्ययेक पारित हुने वित्तिकै प्रचण्ड औधी खुशि देखिएका छन् । विद्ययेक पारित भएको भोलिपल्टै उनी कुदेर जनकपुर पुगेका थिए । नागरिकता विद्ययेक पारित भएको खुशीयाली मनाउँन आफू जनकपुर आएको भन्दै प्रचण्डले हाकाहाकी भनिरहँदा यता नारायणकाजी श्रेष्ठ भने नागरिकता विद्ययेक पारित भएकोमा फायर भएका छन् ।
त्यसो त एमसीसी पास भएको बेला देखीनै माओवादी केन्द्र भित्रको विवाद पेचिलो बनेको थियो त्यसबेलै झण्डै झण्डै फुटिसकेको पार्टीलाई टालटुल गरेर प्रचण्डले बचाएका थिए । त्यस बेला प्रचण्डले सार्वजनिक रुपमै नारायणकाजीलाई बस्न मन नभए पार्टी छोडेर गए हुन्छ भनेका थिए ।
प्रचण्डबाट पटक पटक अपमानित भएर बसेका श्रेष्ठ अहिले गम्भिर मोडमा पुगेका छन् कित अब प्रचण्डले जे जे गर्छन् सहेर लालमोहर लगाएर बस्ने, कित विद्रोह गर्ने मुडमा उनी पुगेको बताइन्छ । एमसीसीको चर्को विरोध गरेका श्रेष्ठले यो बिषयमा पार्टीमा कुरा समेत गर्न पाएका छैनन् ।
महाधिवेशन पछि पदाधिकारी समेत चयन नगरी एक्लै प्रचण्डले पार्टी चलाइरहेका छन् । श्रेष्ठ समूहले पटक पटक एमसीसीको विषय पेचिलो ढंगले पार्टीमा उठाउँन खोजे पनि प्रचण्डले रोकेर राखेका छन् । सुरुमा स्थानीय तहको चुनावपछि यो बिषयमा कुरा गर्ने अहिले थाँति राख्ने भनेर रोकेका प्रचण्डले फेरी संघीय चुनावपछि मात्रै कुरा गर्ने भनेर भाका सारेका छन् ।
राष्ट्रियताको विषयमा पार्टी भित्र छलफल समेत गर्न नदिने र कांग्रेसले जे जे भन्यो त्यहि कुरामा ल्याप्चे लगाउँदै हिड्न थालेपछि अब प्रचण्डको बेइमानीको साझेदार बन्न हुँदैन भन्दै नारायणकाजीले आफू निकटका नेताहरुसँग गम्भिर विमर्श थालेका छन् ।
श्रेष्ठले आफू निटक नेताहरु लिलामणी पोखरेल, गिरिराजमणी पोखरेल लगायतसँग गम्भिर विमर्श गरेको खबर छ । एक पटक पार्टीको केन्द्रीय समितिकै बैठकमानै खुलस्त कुरा राख्ने र छोड्नु पर्यो भने पनि त्यसपछि छोड्ने भन्ने लाइनमा रहेको श्रेष्ठ समूह प्रचण्डले बैठक राखेर बोल्न समेत नदिन खोजेपछि रुष्ट भएको छ ।
प्रचण्डसँग निकै रुष्ट भएका नारायणकाजीले बोल्ड डिसिजनको तयारी गरेको बताइन्छ । पार्टी विभाजन सम्मै पुग्न सक्ने पनि बताइएको छ । त्यसो त नारायणकाजी श्रेष्ठ पछिल्लो समय बाम एकताको पहल पनि गरिरहेका छन् । प्रचण्ड कांग्रेससँगै गठबन्धन गरेर जाने पक्षमा छन् भने श्रेष्ठ एमाले लगायतका बामपन्थीदलसँग गठबन्धन गर्नु पर्ने पक्षमा देखिन्छन् ।

arthasanjal.com/wp-content/uploads/2022/07/Prachanda_Narayankaji_Shrestha_Op-1024×535.jpg 1024w, 






