बजेट प्रकरण : सीसीटीभी फुटेजसम्बन्धीको फरेन्सिक रिपोर्टबारे विज्ञहरुसँग छलफल गर्दै समिति

Share:
arthasanjal.com/wp-content/uploads/2022/07/janardan-sharma-final-1024×585.jpg 1024w, arthasanjal.com/wp-content/uploads/2022/07/janardan-sharma-final-768×439.jpg 768w, arthasanjal.com/wp-content/uploads/2022/07/janardan-sharma-final.jpg 1103w” sizes=”(max-width: 500px) 100vw, 500px” />

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेको भन्दै पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन गरिएको संसदीय छानबिन समितिले सीसीटीभी फुटेजबारे प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनको अध्ययन थालेको छ।

मंगलबार बिहान बसेको समितिको बैठकमा सोमबार ‍प्रहरीको फरेन्सिक ल्याबबाट प्राप्त प्रतिवेदनमाथि अध्ययन थालिएको हो । तर प्राविधिक विषय भएकाले यसबारे थप जानकारी लिनका लागि विज्ञहरुसँग छलफल गर्ने समितिले निर्णय गरेको छ ।

छानबिन समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबबाट प्राप्त भएको प्रतिवेदनको थप अध्ययनका लागि सम्बन्धित विज्ञहरु चाहिने भएकाले आज अपरान्ह ४ बजे विज्ञहरुसँग बसेर यसबारे थप छलफल हुने बताए ।

प्राविधिक विषय भएको र समितिका सदस्यहरुले मात्र यसबारे जानकारी पाउने भन्दा पनि फरेन्सिकको सम्बन्धित टीमले नै यसबारे जानकारी गराएपछि एकीन भन्न सकिने अर्यालले बताए ।

कमेन्ट गर्नुहोस्